काठमाण्डाै, १८ भदाै । चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्व कहिल्यै पनि बलियाले कमजोरहरूको शिकार गर्ने जङ्गल राजमा फर्कनु नहुने बताएका छन् । चीनको विजय दिवस परेड पछि दिवाभोज आयोजना गरिएको थियो ।
सोही भोजको स्वागत भाषणमा सिले यस्तो अभिव्यक्ति दिएका हुन् । आफ्नो भाषणमा सीले कुनै पनि पश्चिमी देशको नाम सिधै लिएनन् ।
चिनियाँ अधिकारीहरूले पहिले अमेरिकालाई ‘धौस देखाउनेवाला’ भनेका थिए । यसको कारण अमेरिकाले विश्वभरका देशहरूमा लगाएको कर भनिएको थियो ।
सीले अगाडि भने, ‘हामी आशा गर्छौँ कि सबै देशहरूले इतिहासबाट पाठ सिक्नेछन्, शान्तिलाई महत्त्व दिनेछन् र मिलेर काम गर्नेछन्, ताकि मानवताको लागि उज्ज्वल भविष्य सिर्जना गर्न सकियोस्,’ आफ्नो भाषणको अन्त्यमा सीले सम्पूर्ण मानव जातिको खुसीको कामना गरेका थिए ।