सर्लाही, १९ भदाै । १३२/१३३ के.भि. नवलपुर ग्रिड सबस्टेसनमा आवश्यक प्राविधिक सुधारको काम अन्तर्गत सर्किट ब्रेकर (Breaker) बदली गरिनुपर्ने भएकाले सर्लाही जिल्लाभरीका सम्पूर्ण वितरण केन्द्रमार्फत आपूर्ति हुँदै आएको विद्युत् मिति २०८२/०५/२० गते बिहान ५ बजेदेखि ११ बजेसम्म बन्द रहने जानकारी गराइएको छ ।

नेपाल विद्युत् प्राधिकरण अन्तर्गत ढल्केबर ग्रिड महाशाखाको नवलपुर सबस्टेसनमा रहेको ६३ एम.भि.ए. ट्रान्सफर्मरको हाई भोल्टेज (HV) साइडको सर्किट ब्रेकर बदली कार्यका लागि सट-डाउन आवश्यक परेकाले करिब ६ घण्टा विद्युत् आपूर्ति रोकिने भएको हो ।

कार्य तय भएको समयभन्दा अगाडि सम्पन्न भएमा लाइन सोही अनुसार समयमै सञ्चालनमा ल्याइने छ ।

नेपाल विद्युत् प्राधिकरणले सर्लाही जिल्लाभरीका विद्युत् उपभोक्ताहरूलाई समयमै वैकल्पिक व्यवस्था गर्न अनुरोध गर्दै यस असुविधाप्रति क्षमा मागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *