सर्लाही, २० भदाै । कृषि तथा पशुपंछी विकासमन्त्री रामनाथ अधिकारीले किसानका समस्या समाधानमा सरकार गम्भीर रहेको बताएका छन् ।
नेपाली कांग्रेसको भातृसंस्था नेपाल किसान महासंघको बिहीबार यहाँ आयोजित चौथो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले किसानको उन्नति र प्रगतिका लागि यान्त्रिकरण, औद्योगिकीकरण आवश्यक रहेको बताए ।
‘आफ्नै देशमा उत्पादन बढाउँदै आत्मनिर्भर हुन आवश्यक छ, त्यसका लागि किसानले खेतीयोग्य जमिनको उपयोग गर्न सकौँ,’ उनले भने ।