एजेन्सी, २१ भदाै । प्यालेस्टिनी विद्रोही समूह हमासको एक शाखाले गाजामा बन्धक बनाइएका दुई जना इजरायली नागरिकको भिडियो सार्वजनिक गरेको छ ।

भिडियोमा सन् २०२३ को अक्टोबरमा इजरायलमाथि भएको आक्रमणपछि अपहरण गरिएका ती इजरायली बन्धकलाई गाजा शहरमा जीवित रहेको देखाइएको छ ।

बन्धक बनाइएका गिल्बोआ–डलाललाई एउटा गाडीमा देखाइएको छ, जुन ध्वस्त भएका भवनको बीचबाट गुडिरहेको छ । ती बन्धकले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई गाजा शहरमाथि आक्रमण गर्नका लागि योजना बनाएको सैन्य अपरेशन रोक्नको लागि अपिल गरेका छन् ।

भिडियो फुटेज अगस्ट २८ तारिखमा खिचिएको हो । भिडियोको अन्त्यतिर गिल्बोआले अर्का बन्धक अलोन ओहेलसँग भेट गरेको देखिन्छ ।

ओहेलको अपहरणपछि सार्वजनिक गरिएको यो पहिलो भिडियो हो । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले यो भिडियो र त्यसको मिति तत्काल प्रमाणित गर्न नसकेको जनाएको छ ।

सन् २०२३ को आक्रमणमा दुई सय ५१ जनाको अपहरण भएको थियो । जसमध्ये ४७ जना अझै गाजामा रहेका छन् । त्यसैबेला अपहरणमा परेको भनिएका नेपालका विपिन जोशीको अवस्था अझै थाहा हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *