सर्लाही, २२ भदाै । सरकारले यो वर्ष पुरस्कार गर्ने कर्मचारी नै भेटाएन । निजामती सेवा दिवसका अवसरमा हरेक वर्ष पुरस्कार दिँदै आएको सरकारले यो वर्ष पुरस्कार दिने कर्मचारी नभेटको हो । 

आज २२ औं निजामती सेवा दिवस । ‘व्यावसायीक र सिर्जनशिल प्रशासनः विकास, समृद्धि र शुसासन’ भन्ने नाराका साथ बिभिन्न कार्यक्रम गरी मनाउँदैछ ।  

दिवसका अवसरमा मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा रहेको मूल समाहरोह समितिले बिहान सिंहदरबारबाट प्रभातफेरि निकालेको छ । 

नेपाल पुलिस क्लब भृकुटीमण्डपमा मुल समारोह कार्यक्रम सुरु भएको छ।  निजामती सेवामा रहेका करिब ८५ हजार कर्मचारीका लागि यो दिवस ठूलो उत्सव र कदर गर्ने दिनका रूपमा लिने गरिएको छ । 

प्रधानमन्त्रीको उपस्थिति रहने मूल समाहरोहमा वर्षभरी राम्रो काम गर्ने कर्मचारीको मूल्याङ्कन गरी एक जनालाई सर्वाेत्कृष्ट, १० जनालाई उत्कृष्ट र ३० जना निजामती पुरस्कार प्रदान गरिँदै आएको थियो। तर यो वर्ष प्रधानमन्त्री नै समारोहमा उपस्थित भएनन्। उनले उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई पठाएका छन् । 

विगत ९ वर्षयता सरकारले सर्वोत्कृष्ट कर्मचारी नभेटाएको सरकारले यो वर्ष त अन्य कर्मचारीलाई पनि पुरस्कार दिएन । कर्मचारी कल्याण महाशाखाकी शाखा अधिकृत सीतादेवी थापाले यो वर्ष पुरस्कार नदिने जानकारी दिइन् ।  थापाका अनुसार कर्मचारीको सूची तयार पारे पनि मन्त्रिपरिषद्को स्वीकृति नहुँदा पुरस्कार वितरण हुन नसकेको हो । 

पछिल्लो पटक २०७३ मा तत्कालीन सचिव शान्तराज सुवेदीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाएका थिए । नेपालमा निजामती सेवा गठन भएको ६९ वर्ष भएको छ। २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर २०६२ सालदेखि दिवस मनाउन थालिएको हो । 

दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले बदलिंदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षा बमोजिम निजामती सेवाका कर्मचारीले आफूलाई रुपान्तरण गर्न जरुरी रहेको बताएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *