सर्लाही, २३ भदाै । प्रतिनिधि सभा अन्तगर्तको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आन्दोलनरत जेनजी पुस्तासँग वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको सोमवार बसेको बैठकले उक्त निर्देशन दिएको हो । बैठकले आन्दोलनरत सम्पूर्ण युवाहरूलाई शान्तिपूर्वक संयमित भएर आफ्ना मागहरु राख्न र गृह प्रशासनलाई संयमता अपनाई आन्दोलनका क्रममा उच्च  सतर्कता अपनाउन निर्देशन दिने निर्णय गरेको समिति सभापति सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।

समितिले सामाजिक सञ्जाल सन्दर्भमा तथ्यगत कुरा समितिको आगामी बैठकमा जानकारी गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन पनि दिएको छ । 

सभापति थापाले आन्दोलनको समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । जेनजी आन्दोलनका कारण सोमवार काठमाडौंको बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *