सर्लाही, २३ भदाै । सामाजिक सञ्जाल बन्दविरुद् बुटवलमा पनि युवाहरूले प्रदर्शन गरेका छन् ।

बिहानैदेखि उनीहरूले प्लेकार्ड र नारासहित प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले ‘मलाई बोल्न दे सरकार’, ‘नेताका छोराछोरी विदेश पढ्छन्, जनताका रातदिन पसिना चुहाउँछन्’लगायतका नारा लगाएका छन् ।

प्रदर्शनमा काठमाडौंका मेयर बालेन शाहका निकट सन्तोष गिरी लगायतका युवाहरू अग्रभागमा रहेर नाराबाजी गरेका छन् ।

काठमाडौंको माइतीघरमा पनि युवाहरूले प्रदर्शन गरिरहेका छन् । काठमाडौं बाहिर अन्य स्थानमा पनि प्रदर्शन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *