सर्लाही, २३ भदाै । सभामुख देवराज घिमिरेले संघीय संसद् संसदीय सुनुवाइ समितिका नवनिर्वाचित सभापति रामहरि खतिवडालाई पद तथा गोपनीयताको शपथ गराएका छन् । 

सिंहदरवारस्थित संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुखसमक्ष सभापति खतिवडाले शपथ लिएका हुन् ।

यही भदौ २० गते शुक्रबार भएको निर्वाचनमा सभापति खतिवडा निर्विरोध चयन भएका थिए । त्यस अवसरमा सभामुख घिमिरेले सभापति खतिवडालाई खादाले सम्मान गरे । 

कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राणा, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे, एमालेका मुख्य सचेतक र नेपाली काँग्रेसका प्रमुख सचेतक, संसदीय समितिका सभापति र सांसदहरू उपस्थित थिए । 

नवनिर्वाचित संसदीय समितिका सभापतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सभामुखसमक्ष शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ । सभापति खतिवडाले आजै पद बहाल गर्ने कार्यक्रम निर्धारण गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *