सर्लाही, २३ भदाै । गृहमन्त्री रमेश लेखकले नेपालमा काम गर्ने जुनसुकै संस्थाले नेपालको प्रचलित कानून मान्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको आइतवार बसेको बैठकमा सामाजिक सञ्जाल प्रतिबन्धको कुरा उठेपछि उनले यस्तो बताउनुभएको हो । उनले सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण हुन मात्रै सरकारले अनुरोध गरेको उल्लेख  गरे। नेपालमा दर्ता नगर्ने, काम गर्न नदिने, चलाउन नदिने भन्ने सरकारको उद्देश्य नभएको उनको भनाई छ ।

 नेपालमा सूचीकरण हुनु भन्दा पनि नमानेको उनले बताए। सरकारले आफ्नो देशभित्र कुन संस्थाले के काम गरिरहेको छ भन्ने थाहा पाउनुपर्ने उनले बताए। त्यसका लागि संस्थाहरू सूचीकरण गर्नुपर्ने उनको भनाई छ ।

कुनै संस्थाले नेपालमा काम गरिराखेको छ भने त्यो संस्थासँग सम्बन्धित विषयमा सरकारले कसैलाई भन्नुपर्‍यो भने कसलाई भन्ने हो, भन्ने मान्छे चिन्नु परेन ? उनको प्रश्न छ । आफ्नो देशमा आएर काम गर्ने संस्थालाई सूचीकृत गर भनेर सरकारले भन्न पाउने उनको भनाई छ ।

कुनै पनि संस्थाले तिम्रो देशको कानून,संविधान मान्दिनँ भन्न नपाउने उनले बताए। भविष्यमा कुनै संस्था आएर तिम्रो देश मान्दैनौ भन्यो भने हामी के भन्छौँ ? उनको प्रश्न छ । उनले सामाजिक सञ्जालमा भएको अवरोधका कारण केही समस्या भने सिर्जना भएको बताए ।

उनले हाल भएको सामाजिक सञ्जालको अवरोधलाई सन्तुलित ढंगले बुझ्नुपर्ने बताए । उनले सामाजिक सञ्जालहरूलाई पनि नेपालमा सूचीकरण हुन आउन आग्रह गरे । हाल सामाजिक सञ्जालमा भएको अवरोधले सिर्जना गरेको समस्यालाई पनि सबैले गम्भीर भएर लिनुपर्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *