सर्लाही, २४ भदाै । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राजीनामा दिने भएका छन्। अहिलेको परिस्थितिमा सरकारमा बस्न नसकिने भन्दै उनले राजीनामा दिने जनाएका हुन् ।
मन्त्री पौडेलले कांग्रेसले यो अवस्थामा सरकार छोड्नुपर्ने पनि बताए ।
जेनजी प्रदर्शन हिंसात्मक भएपछि यसअघि रमेश लेखकले गृहमन्त्री र रामनाथ अधिकारीले कृषि तथा पशुपक्षी विकासमन्त्रीबाट राजीनामा दिएका छन् ।
जेनजी पुस्ताको प्रदर्शनमा घाइते भएकामध्ये हालसम्म १९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन सयभन्दा बढी घाइते भएका छन् ।
