सर्लाही, २५ भदाै । नेपाली सेनाले आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका तथा फेला पारेका हातहतियार, गोलीगठ्ठा एवम् सुरक्षा सामग्री यथाशीघ्र बुझाउन निर्देशन दिएको छ ।

सेनाले आज विज्ञप्ति निकालेर त्यस्ता हातहतियार एवम् सुरक्षा सामग्री नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउन अनुरोध गरेको हो । हातहतियार र गोलीगठ्ठा नबुझाई कसैसँग फेला परेमा प्रचलित कानून बमोजिम कारबाही हुने सेनाले स्पष्ट पारेको छ ।

हातहतियारको दुरुपयोग भई जनधनको क्षति हुनसक्ने भएकाले त्यससम्बन्धी सूचना प्राप्त गर्नेे व्यक्तिले सुरक्षा निकायलाई जानकारी गराउन पनि सेनाले आग्रह गरेको छ ।

सेनाले यस संवेदनशील परिस्थितिमा सुरक्षा निकायका पोशाकको अनधिकृत प्रयोग नगर्न पनि सूचित गरेको छ ।

सेनासहितको सुरक्षा निकायले गएरातिदेखि बिहानसम्म काठमाण्डौका विभिन्न ठाउँबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार ३१ थान तथा म्यागजिन एवम् गोलीगठ्ठा बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *