सर्लाही, २५ भदाै । सिन्धुली कारागारमा रहेको ४७१ कैदी भागेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार कारागारमा बिभिन्न सजाय पाएका ४७१ कैदी भागेको जानकारी दिए ।

कारागार भित्र आगजनी र नाराजुलुस भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना र नेपाल प्रहरी परिचालन भए पनि स्थानीयले प्रहरीलाई घेरेपछी प्रहरीले बल प्रयोग गर्न समस्या भएको थियो ।

स्थिति नियन्त्रणमा लिन केहि सेल हवाईफार समेत भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *