सर्लाही, २७ भदाै । तरकारी फलफूल बीउ बेर्ना लगायतका कृषिजन्य उत्पादन एक स्थानबाट अर्को स्थानसम्म ढुवानीमा सहयोग गरिदिन कृषि विभागले आग्रह गरेको छ ।

वानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एवं कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग्रह गरेको हो ।

‘अति संवेदनशील तथा नाशवान् कृषि उत्पादन निर्धारित समयभित्र गन्तव्यमा पुर्‍याउनुपर्छ ।

अन्यथा नष्ट हुने र यसले मुलुकको समग्र खाद्य सुरक्षामा समेत प्रभाव पार्न सक्ने देखिन्छ,’ विभागका महानिर्देशक प्रकाशकुमार सन्जेलले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सर्वसाधारण किसानको हितलाई मध्यनजर गर्दै कृषिवस्तुहरु निर्बाध रूपमा ओसारपसार तथा ढुवानीका लागि आवश्यक सहयोग तथा सहजीकरणको लागि अनुरोध छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *