सर्लाही, २७ भदाै । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन र पुनर्लेखनको पक्षधरता जनाउँदै संसद र संविधानलाई कायम राख्नुपर्ने बताएका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत विचार सार्वजनिक गर्दै यादवले लेखेका छन्, “संविधान संशोधन र पुनर्लेखन गरी परिमार्जन गर्न संविधान र संसदलाई कायमै राख्नुपर्छ। संसद विघटन र संविधान खारेजी मुलुकको हितमा हुन सक्दैन ।”

यादवले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखका रूपमा सिफारिस गर्ने निर्णयलाई पनि सकारात्मक भनेका छन् । “अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई अघि सार्ने निर्णय अत्यन्तै सकारात्मक छ,” यादवको भनाइ छ ।

राष्ट्रपतिको निवास शीतलनिवासमा बिहीबार रातभर जेन–जीसहितका नेताबीच भएको छलफलमा कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति प्रारम्भिक रूपमा बने पनि अन्तिम निष्कर्ष भने अझै आइसकेको छैन ।

आज पनि वार्ता जारी छ। यसअघि आजै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि कार्कीको नामलाई समर्थन जनाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *