सर्लाही, २७ भदाै । सुनसरीको झुम्का कारागारबाट भागेका १४ जना कैदीलाई धरान प्रहरीले नेपाली सेनाको सहयोगमा पक्राउ गरेको छ । 

कर्तव्य ज्यान, बलात्कार, लागू औषधसहितका जघन्य अपराधमा सजाय भोगिरहेका ती कैदीलाई धरानका विभिन्न स्थानबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

पक्राउ परेका कैदीलाई इलाका प्रहरी कार्यालयको गाडीमा राखी झुम्का कारागार पठाइएको छ । उनीहरूलाई नेपाली सेनाले कडा सुरक्षा बीच स्कटिङ गर्दै पुनः कारागार पुर्‍याएको हो ।

प्रहरीका अनुसार फरार कैदीहरू पुनः आपराधिक गतिविधिमा संलग्न हुन सक्ने भएकाले बाँकी कैदीको खोजी कार्यलाई अझ तीव्र पारिएको छ। प्रहरी र सेनाले संयुक्त अभियान सञ्चालन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *