सर्लाही, २८ भदाै । देशभर हालै देखिएको राजनीतिक घटनाक्रमका कारण सिर्जना भएको असहज परिस्थितिका कारण अस्थायी रूपमा अवरुद्ध रहेका सर्लाही जिल्लास्थित जिल्ला प्रशासन कार्यालयका केही सार्वजनिक सेवा पुनः सञ्चालनमा आएको छ ।
कार्यालयले जारी गरेको सूचनामा २०८२ साल भदौ २९ गते आइतबारदेखि नयाँ नागरिकता वितरण, प्रतिलिपि नागरिकता वितरण तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बाहेक अन्य सबै सेवा नियमित रूपमा सञ्चालनमा रहेको जानकारी गराइएको छ ।
