सर्लाही, २८ भदाै । रौतहटको गौर नगरपालिका–६ की १० वर्षीया अमृता साह जितिया पर्वको नहायखायका लागि नदीमा स्नान गर्ने क्रममा वेपत्ता भएकी छन् ।

लाल बकैया नदीमा व्रतालुसँगै नुहाउन गएकी साह खोलामा डुबेर हराएकी जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले खोजी कार्य सुरु गरेका छन्। हालसम्म साहको अवस्था पत्ता लाग्न नसकेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिएका छन् ।

जितिया पर्वको अवसरमा व्रतालु महिलाहरूले नहायखायका क्रममा नदी तथा तलाउमा सामूहिक स्नान गर्ने परम्परा रहिआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *