सर्लाही, २८ भदाै । जेन–जी युवाहरूले अन्तरिम सरकारमा मन्त्रीहरू भोटिङ प्रक्रियाबाटै छनोट गर्ने भएका छन् । मन्त्रीका लागि कुलमान घिसिङ, ओमप्रकाश अर्याललगायतका व्यक्तिहरूको चर्चा छ ।
२३ र २४ भदौको आन्दोलनपछि २५ गते जेन–जी युवाहरूले भर्चुअल मतदानबाट प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रस्ताव गरेका थिए । कार्की शुक्रबार राति प्रधानमन्त्री नियुक्त भइन् ।
उनले आइतबार पदभारग्रहण गर्ने तयारी छ । सोही दिन मन्त्रीमण्डल गठनको तयारी भइरहँदा युवाहरू भने मन्त्रीको लागि भर्चुअल चुनाव गर्दै छन् । अब बन्ने मन्त्रीमण्डल सानो आकारको हुने बताइएको छ ।