सर्लाही, ३० भदाै । नवनियुक्त मन्त्री ओमप्रकाश अर्याललाई दुई वटा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका मन्त्री अर्याललाई गृह र कानुन, न्याय  तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

सोमबार अर्यालसँगै नवनियुक्त मन्त्रीहरू कुलमान घिसिङ र रामेश्वर खनालले शपथ लिएका छन् ।

घिसिङलाई ऊर्जा, भौतिक योजान र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने खनाललाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *