सर्लाही, ३० भदाै । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिमण्डल विस्तार भएको छ । सोमबार रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल गरी ३ जनाले शपथ लिएका हुन् । 

तर, राष्ट्रपति निवास शीतल निवासमा आयोजित शपथ समारोहमा एउटा रोचक दृश्य देखियो । प्रधानमन्त्री कार्कीको शपथ समारोहमा नगएका राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल मन्त्रीहरूको शपथमा उपस्थित भए । 

त्यस्तै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे भने शपथ सामारोहमा देखिएनन् । उनी प्रधानमन्त्रीको शपथमा पनि देखिएका थिएनन् ।

प्रधानमन्त्रीको शपथमा उपराष्ट्रपति रामसाहायप्रसाद यादव र प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सहभागी थिए । हाल प्रतिनिधि सभा विघटन भएको छ भने राष्ट्रिय सभा निरन्तर चल्ने गर्दछ । 

शपथ सामारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री, उपराष्ट्रपति यादव, प्रधानमन्त्री कार्की र राउत पनि सहभागी भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *