सर्लाही, ३० भदाै । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको छानविन गर्न समिति गठन हुने बताएका छन् । सोमबार सिंहदरबारमा पदभार ग्रहणपछि गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा देशभर घटेका हिंसात्मक घटनाको छानविनका लागि समिति गठन हुने बताएका हुन् ।

उनले भने,’जेनजी आन्दोलनका नाममा देशभर हिंसात्मक घटना भएका छन् । उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन समिति गठन हुन्छ।’ गृहमन्त्री अर्यालले जेनजी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने जानकारी दिए ।

उनले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गएको बताए । आन्दोलन क्रममा ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्चवापत प्रति परिवार एक लाख उपलब्ध गराउने तथा मृतकको शव घर ठेगानासम्म पुर्‍याउने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिए ।

यही भदौ २३ र २४ गते काठमाडौंसहित देशभर भएको जेनजी समूहको आन्दोलनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको छ भने सयौंजना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । आन्दोलनका क्रममा देशभर ठूलो जनधनको क्षति भएको छ । 

संसद भवन,सिंहदरबार,राष्ट्रपति भवन,सर्वोच्च अदालत,व्यापारी भवनलगायत आगजनीबाट ध्वस्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *