सर्लाही, ३० भदाै । जेन–जी आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आइतबार साँझ मलंगवामा दीप प्रज्वलन गरिएको थियाे ।

सहिदहरूको स्मृतिमा मलंगवा नगरपालिका–१० स्थित सहिद पार्क र वडा नम्बर ८ मा रहेको नापी कार्यालय अगाडि स्थानीय युवाको उपस्थितिमा दीप प्रज्वलन गरिएको हो ।

कार्यक्रम सुरु हुनुअघि शान्ति जुलुस निकालिएको थियो, जसमा सहभागीहरूले बजार परिक्रमा गर्दै सहिदहरूको बलिदानलाई सम्मान जनाएका थिए ।

दीप प्रज्वलन कार्यक्रममा सहभागीहरुले सहिदको बलिदानलाई कदर गर्दै नागरिक अधिकारको संरक्षण र समावेशी समाज निर्माणका लागि निरन्तर संघर्षरत रहने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा स्थानीय युवा, विद्यार्थी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *