सर्लाही, ३० भदाै । हामी नेपाल संस्थाका संयोजक सुधन गुरुङले आफु नेपाली नागरिक भएकाले प्रतिष्ठामा प्रहार गर्ने काम नगर्न आग्रह गर्नुभएको छ ।

आइतबार रिपोटर्स क्लवमा आयोजित पत्रकार सम्मेलन गुरुङले आफू नेपालको छोराको भएकोले भारतीय भन्ने काम नगर्न आग्रह गर्नुभयो । आफुलाई बारबरा फाउण्डेशन, फ्रि–तिव्बत लगाएतसंग जोड्ने गरि समाचार आएको उहाले गुनासो गर्नुभयो ।

गुरुङले आफु लगाएत युवाहरुले देशका लागि आन्दोलन गरेको र ठूलो परिवर्तन प्राप्त भएको जिकिर गर्नुभयो । आफ्ना मागहरु आफै पनि पूर्ण रुपमा पुरा नभएकाले आन्दोलन जारी नै रहेको उहाको भनाइ छ ।

उहाले जेन–जी आन्दोलन सबै युवाको आह्वानमा भएको र आफूले पनि त्यसको लागि आह्वान गरेको प्रष्ट पार्नुभयो ।

आन्दोलनमा युवाहरुको मृत्यु भएको भन्दै आफू उनीहरुको लागि लडिरहेको उहाले बताउनुभयो । गुरुङले आफ्नो लागि देश नै सबैभन्दा माथि रहेको धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *