सर्लाही, ३१ भदाै । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज कुराकानी नहुने भएको छ । मोदीका तर्फबाट भारतीय राजदूत कार्कीलाई सिंहदरबारमा आजै भेट्ने भएका छन् ।
भेटघाट दिउँसो ४ बजेका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तय भएको छ । प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्न भारतीय राजदूतले प्रधानमन्त्री कार्यालयमा समय लिएका छन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मोदीसँग बिहीबार कुरा हुने तय भएको छ ।
यसअघि भारतीय विदेश मन्त्रालयले कार्कीलाई प्रधानमन्त्री नियुक्त भएकामा बधाई दिइसकेको छ । मोदीले मणिपुर पुगेर पनि नेपालको असामान्य अवस्थामा नागरिक सरकार गठन हुन सकेकामा स्वागत गरेका थिए ।
