सर्लाही, ३१ भदाै । अर्घाखाँचीका किसान तुल्सीराम अधिकारीले ध्वस्त सिंहदरबार पुनर्निर्माण गर्न एक लाख एक सय रुपैयाँ हस्तान्तरण गरेका छन् । 

सिंहदरबार जल्दा आत्मा जलेको भन्दै उनले आत्मसन्तुष्टिका लागि सो रकम प्रदन गरेको बताएका छन् । 

मंगलबार जिल्ला प्रशासन कार्यालय अर्घाखाँची पुगेर अधिकारीले सो रकम हस्तान्तरण गरेका हुन् । 

उनले खुर्सानी, काँक्रा, टिमुर, फर्सी लगायत तरकारी बेचेर जम्मा गरेको रकम ‘म बनाउँछु मेरो सिंहदरबार’ भन्दै सरकारलाई बुझाएको बताए ।

अधिकारीले भने, ‘मेरो घर जलेको भए केही थिएन, मेरो देश जलेको छ । मलाई यो गरे भनेर चर्चित हुनु छैन, अलिकति आत्मा सन्तुष्टी भयो भने रातिती सुत्न सक्छु कि भनेर मात्र हो ।’

खोटाङमा जन्मेका अधिकारी हाल अर्घाखाँचीको सीतापुरमा व्यवसायिक कृषि गर्दै आएका छन् । 

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आन्दोलनकारीले आगजनी गर्दा सिंहदरबार ध्वस्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *