सर्लाही, ३१ भदाै । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई आग्रह गर्नुभएको छ ।

‘जेन–जी’ को आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आज निरीक्षण गर्दै गृहमन्त्री अर्यालले उच्च मनोबलका साथ आफ्नो काममा खटिन आग्रह गर्नुभयो ।

उहाँले अहिले भएकै भवनबाट सेवा शुरू गर्न निर्देशनसहित सरकारको तर्फबाट पूर्णरूपमा सहयोग हुने प्रतिबद्धता जनाउनुभयो ।

शान्ति सुरक्षा, सुशासनलगायतका विषयमा सरकार गम्भीर रहेको र अहिलेको सरकारले कसैमाथि पनि पक्षपात नगर्ने अनि निष्पक्ष रूपमा चुनाव गर्ने उहाँको भनाइ छ ।

गृहमन्त्री अर्याललाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीलगायतले ट्राफिक प्रहरी कार्यालयको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *