सर्लाही, ३१ भदाै । नख्खु कारागार, काठमाडौंबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी फिरोज मंसुर सर्लाहीमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका–७ निवासी अन्दाजी ३० वर्षीय मंसुर यही भदौ २५ गते नख्खु कारागारको न्यु ब्लकबाट जेनेडर न्युट्रलहरुको आन्दोलनको क्रममा भागी फरार भएका थिए ।
फरार मंसुर आफ्नै घरमा लुकीछिपी बसिरहेको भन्ने गोप्य सूचनाको आधारमा हिजो साँझ करिब साढे ६ बजे जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी सहायक निरीक्षक शनिदेवल साहको कमाण्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेपछि मंसुरलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको छ र उनलाई पुनः कारागार कार्यालय सर्लाही पठाउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
नख्खु कारागार, काठमाडौंबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी फिरोज मंसुर सर्लाहीमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका–७ निवासी अन्दाजी ३० वर्षीय मंसुर मिति २०८२ भदौ २५ गते नख्खु कारागारको न्यु ब्लकबाट जेनेडर न्युट्रलहरुको आन्दोलनको क्रममा भागी फरार भएका थिए।
फरार मंसुर आफ्नै घरमा लुकीछिपी बसिरहेको भन्ने गोप्य सूचनाको आधारमा हिजो साँझ करिब साढे ६ बजे जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी सहायक निरीक्षक शनिदेवल साहको कमाण्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेपछि मंसुरलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको छ र उनलाई पुनः सर्लाहीको मलंगवा कारागार पठाउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलन हुँदा सर्लाहीको मलंगवा कारागारमा समेत आगजनी र तोडफोड गरी भित्र रहेका कैदीबन्दीहरु भाग्ने प्रयास गरेका थिए । तर तत्काल नेपाली सेनासहितका सुरक्षाकर्मी तैनाथ गरेर अवस्था सामान्य पारिएको थियो ।