सर्लाही, ३१ भदाै । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच जेनजी आन्दोलनपछि सम्बन्धमा दरार आएको टिप्पणी भइरहेको छ।
त्यस्तैमा अहिले बालेनले आफ्नो फेसबुकमा हर्कलाई सम्बोधन गर्दै एक पोस्ट गरेका छन् ।
‘डियर हर्क साम्पाङ ! तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ । एकतर्फी नै सही, तर मेरो माया साँचो हो ।
यु आर माई ट्य्रु लभ,’ बालेनले लेखेका छन् ।
त्यसअघि हर्कले बालेनलाई लक्षित गरी फेसबुकमा विभिन्न ४ वटा पोस्ट गरेका थिए ।
उनको पहिलो पोस्ट- चान्चुने नठान! सक्छस् भने प्रत्यक्ष कार्यकारी प्रमुखको चुनाव गरा ! हारेँ भने तेरो घरमा एक वर्ष नोकर बस्छु ! तँ हारिस् भने मेरो घरमा सिर्फ १ महिना हली बस्! सक्छस् ? मुला लुक्छस्? हुतिहारा ।
दोस्रो पोस्ट– को हो त्योभित्र बसेर खेल्ने? बरु बाहिरै आएर भिड्न रेडी बन् !
तेस्रो पोस्ट– कसले नजान्नाले र कसको अकर्मण्यताले या कसको डिजाइनमा जेनजी आन्दोलन भयो ? अब अघिल्तिरको यात्रा कसरी गर्ने भन्नेबारे गम्भीर अध्ययन गर्ने बेला हो यो । बौद्धिक बहसहरू हुन जरुरी छ ।
चौथो पोस्ट– लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिन्छ ! लिडर भनिँदैन ।