सर्लाही, ०२ असाेज । दक्षिण भारतीय ब्लकबस्टर फिल्म ‘कल्की : २८९८ एडी’को दोस्रो श्रृंखलामा अभिनेत्री दीपिका पादुकोणलाई हेर्न नपाइने भएको छ ।

निर्माताले सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएका छन् ।

‘गहिराइमा सोचेपछि हामीले अलग हुने निर्णय गर्‍यौं । पहिलो फिल्मको लामो यात्राको बाबजुद हामीले सहि साझेदारी बनाउन सकेनौं । ‘कल्की २८९८’जस्ता फिल्मलाई पूर्ण प्रतिबद्धता र धेरै कुराको आवश्यकता छ । हामी उनलाई आगामी कामको लागि शुभकामना दिन चाहन्छौं’ निर्माताले भनेका छन् ।

दोस्रो श्रृंखलामा प्रभास र अमिताभ बच्चन भने देखिनेछन् । नाग आश्विन निर्देशक हुन् ।

पहिलो फिल्मको कथा महाभारतको कुरुक्षेत्र युद्धको अन्त्यबाट सुरु हुन्छ र भविष्यको वर्ष २८९८ ईस्वीमा अगाडि बढ्छ । ‘कल्की २८९८ एडी’ बक्स अफिसमा हिट भयो ।

उक्त फिल्मले विश्वव्यापी रूपमा लगभग १०४२ करोड भारु कमाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *