CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

सर्लाही, ०२ असाेज । एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेले पदबाट राजीनामा दिएका छन् । 

७ वर्षसम्म सीईओ पद सम्हालेका उनलाई २०७९ कात्तिक १६ गते दोस्रो कार्यकालका लागि नियुक्त गरिएको थियो । 

तर १ वर्ष कार्यकाल बाँकी छँदै उनले बुधबार राजीनामा दिएको बैंकले जनाएको छ ।  

उनले असोज १ गते राजीनामा दिएपछि बसेको बैंकको ७३२ औँ सञ्चालक समिति बैठकले बिहीबार राजीनामा स्वीकृत गरेको हो ।

न्यौपाने बाहिरिएसँगै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी हाललाई डेपुटी सीईओ सन्तोष कुमार राठीलाई दिइएको छ । 

सञ्चालक समितिको बैठकले बिहीबार नै राठीलाई कामु मुकरर गरेको बैंकका कम्पनी सचिव दिपेन कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *