सर्लाही, ०२ असाेज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार सार्वजनिक बिदाको दिन पनि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी गरेको छ । 

शिक्षा मन्त्रालय, एनओसी शाखाका प्रमुख वासुदेव वस्तीका अनुसार बुधबार सकारले सार्वजनिक बिदा दिएको भए पनि सेवाग्राही विद्यार्थीको अनुरोधमा एनओसी जारी गरिएको हो ।

जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको शोकमा सरकारले बुधबार देशभर सार्वजनिक बिदा दिएको थियो । 

वैदेशिक अध्ययनका लागि जान लागेका विद्यार्थीलाई अत्यावश्यक भएकाले विद्यार्थीकै अनुरोधमा बिदाको दिन पनि एनओसी जारी गरिएको हो । 

बुधबार एनओसी जारी, नयाँ आवेदन प्रमाणीकरणसहित ६ सय विद्यार्थीले सेवा लिएका छन् ।

जेन जी आन्दोलनको क्रममा आगजनीले ध्वस्त भएपछि सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको काम अब लैनचौरस्थित केशरमहलबाट हुने बताइएको छ ।  एनओसी शाखा भने विगतदेखि नै केशरमहलमै सञ्चालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *