सर्लाही, ०३ असाेज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई मधेश प्रदेश नीति आयोगका उपाध्यक्ष डा. सोहन साहले “दिगो विकास लक्ष्यमा आधारित मधेश पार्श्वचित्र” प्रतिवेदन बुझाएका छन् ।

बिहीबार आयोगका अनुसार विकासमा जनताको पहुँचलाई प्रभावकारी र सशक्त बनाउन, विकासका गतिविधिहरूको विश्लेषण गर्न तथा विभिन्न सूचक र तथ्याङ्कको आवश्यकता पूरा गर्ने उद्देश्यले उक्त प्रतिवेदन तयार गरिएको हो ।

प्रतिवेदनमा प्रदेश विकासका प्रमुख पक्षलाई समेटिएको जनाइएको छ ।

प्रतिवेदन बुझ्ने क्रममा मुख्यमन्त्री सिंहले यो पार्श्वचित्रले प्रदेश सरकार मात्र नभई विकास निर्माणमा चासो राख्ने सम्पूर्ण सरोकारवालालाई उपयोगी जानकारी उपलब्ध गराउने विश्वास व्यक्त गरे । उनले यसले योजना तर्जुमा र कार्यान्वयनमा सहयोग पुर्‍याउने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *