एजेन्सी, ०४ भदाै । रूसी लडाकू विमानले आफ्नो आकासमा उडान गरेपछि बाल्टिक क्षेत्रको देश इस्टोनियाले अन्य नेटो सदस्य देशहरूसँग परामर्शका लागि अनुरोध गरेको छ ।

इस्टोनियाको विदेश मन्त्रालयले आफ्नो आकासमा रूसको विमान आउनुलाई रूसी अतिक्रमणका रूपमा टिप्पणी गरेको छ । 

तीन वटा रूसी मिग–३१ लडाकू विमान इस्टोनियाली आकास क्षेत्रमा बिना अनुमति प्रवेश गरेको र कुल १२ मिनेटसम्म त्यहाँ रहेको क्षेत्रमा इस्टोनियाले जनाएको छ । 

नेटोका एक अधिकारीले ती रूसी विमानलाई धपाएको उल्लेख गरेका बीबीसीले जनाएको छ । तर रूसको विदेश मन्त्रालयले आफ्ना विमान पूर्व निर्धारित उडानमा रहेको र अन्तर्राष्ट्रिय हवाई क्षेत्रको नियमभित्रै रहेको तथा अन्य देशको आकास नमिचेको जनाएको छ ।

सन् २०२२ मा रूसले युक्रेनमा आक्रमण गरेदेखि नै उत्तर एटलान्टिक सन्धि सङ्गठन अर्थात् नेटो सैन्य गठबन्धन तथा रूसबीच तनाव बढिरहेको छ । नेटोमा बेलायत, अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटली, स्पेन, टर्कीएसहित ३२ वटा देशहरू सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *