सर्लाही, ०४ भदाै । गएको भदौ २३ र २४ गते भएको जेन–जीको प्रदर्शनका कारण कारागारबाट भागेकामध्ये ८ हजार ८ सय १६ कैदीबन्दी अझै फरार रहेका छन् ।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार २७ कारागारबाट १३ हजार ५ सय ९१ र ९ बालसुधार गृहबाट ९ सय ६४ जना कैदीबन्दी भागेका थिए ।
अहिलेसम्म कारागारबाट भागेकामध्ये ५ हजार ४ सय ९५ र बालसुधार गृहबाट भागेकामध्ये २ सय ४४ कैदीबन्दी फिर्ता आएका छन् । फरार रहेका कैदीबन्दीको खोजी भइरहेको विभागले जनाएको छ ।
नेपाल प्रहरीको हिरासतमा रहेका कैदीबन्दी फरार रहेका र उनीहरूको पनि खोजी भइरहेको छ ।