????? ??????????? ?????? ????????, ?? ???? ??? ??? ?? ??? ??????? ????? ???? ????????? ?????? ??????? ?????? ????? ??????? ??? ? ?????? ????? ???????? ???? ???????? ?????? ???? ? ? ?????? ? ??????????? ?????÷????

सर्लाही, ०४ भदाै । गएको भदौ २४ गते भएको तोडफोड र आगजनीबाट देशभरका विभिन्न क्षेत्रका ६ सय २९ भवन पूर्णरूपमा क्षति भएको छ । आन्दोलनका क्रममा एक हजार पाँच सय ६० भन्दा बढी भवनमा आंशिक क्षति पुगेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार नेपाल प्रहरीका मात्रै एक सय ७७ वटा भवन पूर्णरूपमा क्षति भएको छ ।

प्रहरीका दुई सय ५८ वटा भवनमा आंशिक क्षति भएको प्रवक्ता घिमिरेले बताउनुभयो । उहाँका अनुसार तोडफोड र आगजनीबाट तीन सय १० वटा सरकारी कार्यालय पूर्णरूपमा ध्वस्त भएको छ ।

प्रारम्भिक विवरणमा कूल आठ सय ३६ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ । यस्तै ९७ वटा व्यापारिक तथा निजी भवन पूर्णरूपमा क्षति भएको र दुई सय ९२ वटा व्यापारिक तथा निजी भवनमा आंशिक रुपमा क्षति पुगेको छ । 

यस्तै विभिन्न राजनीतिक दलका ४५ वटा पार्टी कार्यालय पूर्ण क्षति भएको छ भने एक सय ७४ वटा कार्यालयमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ ।

मूल्याङ्कन भने अझै भइनसकेको र क्षतिको विवरण सङ्कलनको काम भैरहेको प्रहरी प्रवक्ता घिमिरेले बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *