सर्लाही, ०६ असोज । भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा नयाँ फिल्म निर्माण हुने भएको छ ।

बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेसनल स्टुडियोजको संयुक्त ब्यानरमा ‘मोनालिसा’ (ब्लडी लभ)’ निर्माण हुने भएको हो ।

दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा फिल्मको औपचारिक घोषणा गर्दै शीर्षक पोस्टर सार्वजनिक गरियो ।

पटकथा लेखन तथा निर्देशन किङ योगीले गर्ने भएका छन् । ठूलो बजेटमा निर्माण हुने भनिएको यस फिल्ममा भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली संलग्न हुने जानकारी अक्स इन्टरनेसनल स्टुडियोजले दिएको छ ।

अहिले कलाकार छनोटको कार्य चलिरहेको जनाइएको छ । कथा, शैली र भिजुअलमा नयाँपन ल्याउने उद्देश्यसहित निर्माण हुन लागेको यो फिल्म सन् २०२६ मा विश्वव्यापी प्रदर्शन हुने अपेक्षा छ ।

फिल्ममा रोमान्स र एक्सनको मिश्रण रहने बताइएको छ । प्रेमका लागि कसरी युद्धसम्मको परिस्थिती सिर्जना हुन्छ भन्ने विषयलाई फिल्मले प्रस्तुत गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *