सर्लाही । कोही बिहान नुहाउन रुचाउँछन् भने कोही साँझ नुहाउन रुचाउँछन् । तर स्वास्थ्यका लागि कुन समय उत्तम हुन्छ ? यसबारे मानिसहरूको फरक–फरक विचार छ ।
बिहान वा बेलुका नुहाउँदा स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने प्रश्न पक्कै उठ्छ ।
धेरै मानिसलाई बिहान उठ्ने बित्तिकै नुहाउनु आवश्यक हुन्छ । यसले ताजा महसुस र दिनको सुरुवात गर्न मद्दत गर्छ ।
राति नुहाउनेले दिनको फोहोर धोएर सुत्दा गहिरो र शान्त निद्रा लाग्ने बताउँछन् ।
नुहाउनु किन महत्त्वपूर्ण छ ?
नुहाउँदा छालाको फोहोर र पसिना सफा हुन्छ । दिनभरि शरीर धुलोसहित विभिन्न प्रकारका अशुद्धताहरूको सम्पर्कमा रहन्छ । सुत्नुअघि नुहाउनुहुन्न भने चादर र तकियाको आवरणमा जम्मा हुन्छ ।
यसबाहेक छाला विभिन्न प्रकारका सूक्ष्मजीवको घर हो । छालाको प्रत्येक वर्ग सेन्टिमिटरमा १०,००० देखि १० लाख ब्याक्टेरिया हुन्छन् । यी ब्याक्टेरिया पसिना ग्रन्थीबाट निस्कने तेलमा निर्भर हुन्छन् ।
पसिनाको आफ्नै गन्ध हुँदैन तर स्टेफिलोकोकस जस्ता ब्याक्टेरियाले उत्पादन गर्ने सल्फर यौगिकको कारणले गर्दा यो गन्ध आउँछ ।
त्यसैले सुत्नुअघि नुहाउनु बढी स्वच्छ विकल्प जस्तो लाग्न सक्छ। तर सत्य अलि जटिल छ ।
लेस्टर विश्वविद्यालयका सूक्ष्मजीवविद् प्रिमरोज फ्रीस्टोन भन्छन्,ʻयदि तपाईं राति नुहाउनुहुन्छ भने तपाईं सफा भएर सुत्न जानुहुन्छ । नत्र तपाईं रातभर पसिना बगाइरहनुभएको हुन्छ ।ʼ
फ्रीस्टोनका अनुसार चिसो मौसममा पनि एक व्यक्तिले रातभरि आफ्नो तकिया र ओछ्यानमा २३० मिलिमिटरसम्म पसिना बगाउँछ ।
राती नुहाउन मन पराउने केही व्यक्तिहरूले राम्रो निद्रामा मद्दत गर्छ भन्ने तर्क गर्छन् र यसलाई समर्थन गर्ने प्रमाण पनि छन् ।
उदाहरणका लागि १३ अध्ययनको नतिजाको तुलना गर्ने मेटा–विश्लेषणले सुत्नुभन्दा एक वा दुई घण्टा अगाडि १० मिनेटको मनतातो नुहाउँदा निदाउन लाग्ने समय उल्लेखनीय रूपमा कम भएको पत्ता लगाएको छ ।
कसैले बिहान नुहाउन रुचाउँछन् । यसले रातभरि ओछ्यानमा जम्मा भएका धेरैजसो पसिना र कीटाणु पखाल्छ । यसले दिनको सुरुवात अझ सफा अवस्थामा गर्न मद्दत गर्छ ।