सर्लाही, ०६ असोज । सुशील श्रेष्ठ स्टारर एक्सन ड्रामा ‘परिवर्तन’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म ९ माघदेखि रिलिज हुने जनाइएको छ ।

निर्माताले रिलिज मिति घोषणा गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका छन् । पोस्टरमा अभिनेता श्रेष्ठलाई एक्सन अवतारमा देख्न सकिन्छ ।

फिल्मको एक्सन कोरियोग्राफी श्री श्रेष्ठले गरेका हुन् । विजय केरुङ निर्देशित फिल्मको निर्माण दीपक शिवाकोटीले गरेका हुन् ।

फिल्ममा अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, सुवास मेचे, बुद्धि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल, गौतम तिवारीको पनि अभिनय छ ।

निर्माण पक्षका अनुसार फिल्मको कथा, संवाद र गीतसंगीत नेपाली समाजमा परिवर्तनको चाहनासँग सम्बन्धित छ । छायांकन शिव ढकालको छ भने सम्पादन बन्दे प्रसादले गरेका छन् ।

फिल्मको डिजिटल साझेदार ओएसआर युट्युब च्यानल र वितरण आरआर फिल्म्सले गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *