सर्लाही, ०६ असोज । जेन-जी आन्दोलनको क्रममा प्रदेशका विभिन्न प्रहरी युनिटहरूमा व्यापक आगजनी र तोडफोड हुँदा करीब ११ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयको प्रारम्भिक रिपोर्ट अनुसार आठवटा जिल्लामा रहेका प्रहरी कार्यालय, चौकी र सवारीसाधनमा आगो र भौतिक क्षति पुगेको छ ।
रिपोर्टअनुसार भौतिक पूर्वाधारमा आठ करोड र सवारीसाधनमा तीन करोड गरी कुल ११ करोडको क्षति भएको प्रारम्भिक तथ्यांक उल्लेख छ । आन्दोलनको मुख्य दिन २४ भदौमा प्रदेशभरका १०९ प्रहरी युनिट क्षतिग्रस्त भएका थिए ।
तीमध्ये १३ युनिट पूर्ण रूपमा आगोले नष्ट भएका छन् । स्थायी १३ र अस्थायी ९९ प्रहरी चौकी तथा बाँकी जिल्ला ट्राफिक कार्यालयहरूमा क्षति पुगेको छ ।
मधेश प्रदेश प्रहरीले प्रदेशभरका प्रहरी युनिटमा भएको क्षति मूल्यांकन गर्न प्रहरी उपरीक्षक ईश्वर थापाको नेतृत्वमा क्षति यकिन समिति गठन गरेको छ। समितिको प्रतिवेदन अनुसार ६ वटा प्रहरी गाडी पूर्ण रूपमा जलिसकेको छ भने १० वटा गाडीमा तोडफोड गरिएको छ। त्यस्तै, २५ वटा मोटरसाइकल आगोले नष्ट भएका छन्।
प्रदेशका ५३५ प्रहरी युनिटमध्ये ३९९ युनिट आफ्नै जग्गामा छन् भने बाँकी भाडा भवनमा सञ्चालन भइरहेका छन्। आन्दोलनको क्रममा ८४ प्रहरी घाइते भएका थिए। त्यस्तै, तीनवटा एसएलआर हतियार लुटिएको थियो । लुटिएका हतियार भने बरामद भए पनि तिनमा प्रयोग हुने ४५ राउन्ड गोली अझै हराइरहेको डिआइजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो।
‘यो आन्दोलनले प्रहरी मात्र नभई प्रदेशको सुरक्षाको आधारलाई नै ध्वस्त पारेको छ । प्रारम्भिक रिपोर्टअनुसार व्यापक क्षति भएको छ, विस्तृत मूल्याङ्कन अझै बाँकी छ,’ डिआइजी चतुर्वेदीले भन्नुभयो ।
उनले थपे, ‘मधेशका प्रहरी चौकीहरू पहिलेदेखि नै कमजोर संरचनामा थिए । आन्दोलनको नाममा भएको आगोले यी अस्थायी संरचनाहरूलाई झन् कमजोर बनाएको छ। प्रहरी जनताको सुरक्षाका लागि हुन्छ, तर आन्दोलनकै नाममा प्रहरीमाथि आक्रमण हुँदा जनताको सुरक्षामा नै संकट आउँछ।’
हालसम्म विस्थापित १०९ प्रहरी युनिटमध्ये १०५ युनिट पुनर्स्थापित भइसकेको छ भने चार युनिट अझै पुनर्स्थापनाको प्रक्रियामा छ । स्थानीय समुदायको सहयोगमा बचेका युनिटहरू पुनर्स्थापित हुँदैछन् ।
मधेश प्रदेश प्रहरीले प्रदेशभरका प्रहरी युनिटमा भएको क्षति मूल्यांकन गर्न प्रहरी उपरीक्षक ईश्वर थापाको नेतृत्वमा क्षति यकिन समिति गठन गरेको छ। समितिको प्रतिवेदन अनुसार ६ वटा प्रहरी गाडी पूर्ण रूपमा जलिसकेको छ भने १० वटा गाडीमा तोडफोड गरिएको छ। त्यस्तै, २५ वटा मोटरसाइकल आगोले नष्ट भएका छन्।
प्रदेशका ५३५ प्रहरी युनिटमध्ये ३९९ युनिट आफ्नै जग्गामा छन् भने बाँकी भाडा भवनमा सञ्चालन भइरहेका छन्। आन्दोलनको क्रममा ८४ प्रहरी घाइते भएका थिए। त्यस्तै, तीनवटा एसएलआर हतियार लुटिएको थियो । लुटिएका हतियार भने बरामद भए पनि तिनमा प्रयोग हुने ४५ राउन्ड गोली अझै हराइरहेको डिआइजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो।
‘यो आन्दोलनले प्रहरी मात्र नभई प्रदेशको सुरक्षाको आधारलाई नै ध्वस्त पारेको छ। प्रारम्भिक रिपोर्टअनुसार व्यापक क्षति भएको छ, विस्तृत मूल्याङ्कन अझै बाँकी छ,’ डिआइजी चतुर्वेदीले भन्नुभयो।
उनले थपे, ‘मधेशका प्रहरी चौकीहरू पहिलेदेखि नै कमजोर संरचनामा थिए । आन्दोलनको नाममा भएको आगोले यी अस्थायी संरचनाहरूलाई झन् कमजोर बनाएको छ। प्रहरी जनताको सुरक्षाका लागि हुन्छ, तर आन्दोलनकै नाममा प्रहरीमाथि आक्रमण हुँदा जनताको सुरक्षामा नै संकट आउँछ।’
हालसम्म विस्थापित १०९ प्रहरी युनिटमध्ये १०५ युनिट पुनर्स्थापित भइसकेको छ भने चार युनिट अझै पुनर्स्थापनाको प्रक्रियामा छ । स्थानीय समुदायको सहयोगमा बचेका युनिटहरू पुनर्स्थापित हुँदैछन्।