सर्लाही, ०७ असाेज । बजारमा कुखुराको मासुको मूल्य घटेको छ । सोमबारदेखि कुखुराको मासुको मूल्य प्रतिकिलो ३० रूपैयाँले घटेको हो । 

अहिले ग्राहकले कुखुराको मासु प्रतिकिलो तीन सय ७० रूपैयाँमा पाउँछन् । यसअघि प्रतिकिलो चार सय रूपैयाँ पुगेको थियो । 

दसैं सुरू भएसँगै कुखुराको मासुको खपत कम हुँदा मूल्य घटेको कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए ।

‘दसैंमा काठमाडौंमा कुखुराको मासुको खपत कम हुन्छ,’ उनले भने, ‘त्यसैले व्यवसायीले मूल्य घटाउँछन् ।’

उनका अनुसार दसैंमा अधिकांश ग्राहकले खसीको मासु उपभोग गर्छन् । यो समयमा स्कुल, कलेज तथा रेष्टुरेन्टहरू पनि बन्द हुन्छ । त्यसैले खपत कम हुने भएकाले दसैंको समयमा कुखुराको मासुको मूल्य घट्ने गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *