सर्लाही, ०७ असाेज । हालैको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको जनकपुर भन्सार कार्यालय अहिले पूर्णरुपमा सञ्चालनमा आएको छ ।

गत भदौ २३ र २४ गते भएको प्रदर्शनका कारण भन्सार कार्यालयका सम्पूर्ण काम ठप्प भएका थिए। जनकपुरधाम भन्सार कार्यालयका सूचना अधिकारी राजकुमार अवाका अनुसार कार्यालय मातहत रहेका छोटी भन्सार कार्यालयहरू (भडरिया, इनरुवा र जटही) बाट भन्सार जाँचपास यसअघि नै सुरु भइसकेको थियो भने असोज ५ गतेबाट मुद्दाका कामहरू पनि सुरु गरिएको छ ।

सूचना अधिकारी अवाका अनुसार, जेनजी प्रदर्शनका क्रममा कार्यालयमा करिब १३ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको थियो ।  जनकपुरधामको रेल्वे स्टेसन नजिक रहेको कार्यालयका दुई भवन, कर्मचारी निवास र सवारीसाधनमा आगजनी तथा तोडफोड भएको थियो । 

भदौ २४ गते भएको आगजनीबाट दुई थान भ्यान, लिलामीका लागि राखिएका ३१५ वटा मोटरसाइकल, एउटा निजी ट्रक, फर्निचर, कम्प्युटर, प्रिन्टरलगायतका सामग्रीहरू नष्ट भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *