सर्लाही, ०७ असाेज । बलिउड जोडी क्याट्रिना कैफ र विक्की कौशलले डिसेम्बर २०२१ मा विवाह गरे । यतिबेला उनीहरू पहिलो सन्तानको प्रतीक्षामा छन् ।

क्याट्रिनाले मंगलबार आफू गर्भवती भएको र पहिलो सन्तानको पर्खाइमा रहेको घोषणा गरेकी छन् । उनीहरूको यस्तो घोषणापछि प्रशंसक औधी खुसी देखिएका छन् ।

क्याट्रिना र विक्की दुवैले ‘बेबी बम्प’कोे फोटो इन्स्टाग्राममा सेयर गरेका छन् । विक्की क्याट्रिनाको ‘बेबी बम्प’लाई अँगालो हालेर बसेका देखिन्छन् ।

फोटो सेयर गर्दै क्याट्रिना लेख्छिन्, ‘हामी आनन्द र कृतज्ञताले भरिएको हृदयका साथ हाम्रो जीवनको सबैभन्दा मायालु अध्याय सुरु गर्ने बाटोमा छौं । ओम ।’

बलिउड कलाकार जान्हवी कपूर, जोया अख्तर, भूमि पेडनेकर, ओरी, आयुष्मान खुराना, सिद्धान्त चतुर्वेदी र धेरै अन्य स्टारले पोस्टमा टिप्पणी गर्दै शुभकामना दिएका छन् ।

यो घोषणापछि क्याट्रिना र विक्कीका फ्यान उत्साहित छन् । डिसेम्बर २०२१ मा राजस्थानमा एक भव्य समारोहमा विवाह बन्धनमा बाँधिएका क्याट्रिना र विक्की बलिउडका सबैभन्दा चर्चित जोडीमध्ये एक हुन् ।

विक्कीले ’छावा’ जस्ता फिल्ममा आफ्नो सशक्त अभिनयको लागि प्रशंसा बटुलिरहेका छन् । क्याट्रिना ’टाइगर ३’ जस्ता हिट फिल्मसहित बलिउडको शीर्ष स्टार बनिरहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *