सर्लाही, ०७ असाेज । ६१ औं राष्ट्रिय बाल दिवसलाई सफल पारौं भन्ने उद्येश्यले ग्लोबल एजुकेशन एकेडेमीले मलंगवा नगरपािलका वडा नं. ६ खुटौनामा असोज ३ गते शुक्रवार संविधान दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरेर वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
विद्यार्थीको अन्तरनीहित क्षमता प्रष्फुटन गर्ने र बोल्ने क्षमताको विकास गर्ने उद्देश्यले ‘बाल मैत्री शासन, बाल अधिकारको सम्मान्’ भन्ने विषयमा यस एकेडेमीले विधार्थीहरु बिच वक्तित्वकला कार्यक्रम गरिएको हो । तहगत रूपमा हिसाब दौड, हाजिरी जवाफ, निबन्ध तथा नृत्य प्रतियोगिता आयोजना गरिएको ग्लोबल एजुकेशन एकेडेमीका संस्थापक/संयाेजक सिताराम यादवले जानकारी दिनुभयो ।
संविधान दिवसको उपलक्ष्यमा आयोजित वक्तित्वकला प्रतियोगितामा १५ जना विधार्थीहरुले भाग लिएका थिए । प्रतियोगितामा प्रथम खुशि साह, द्वितीय पुष्पराज यादव, तृतीय साजमिन खान भएका छन् । विजेता प्रतिप्रधिहरुलाई पुरस्कारको रुपमा मेडेल, खादा र मायाको चिनोले सम्मान गर्नुभएको थियो ।
यस एकेडेमीका संस्थापक सिताराम यादवको सभा अध्यक्षमा सम्पन्न उक्त प्रतियोगितामा यसै वडाका प्रत्यासी वडा अध्यक्ष उम्मेवार नसारुल खानको प्रमुख आतिथ्यता रहेको थियो ।
सभा अध्यक्ष यादवले बालबालिकाको भविष्य र उनीहरूमा निहित क्षमताका बारेमा विचार व्यक्त गर्दै मानिसको बोल्ने कला महत्वपूर्ण रहेकोले कुनै पनि विषयमा बोल्न सधै अग्र पङ्तिमा रहन विद्यार्थीहरूलाई आग्रह गर्नुभएको थियो ।
यसै एकेडेमीका संस्थापक गोविन्द यादवले कार्यक्रम संचालनमा एकदमै निर्वाह भुमिका गरेका थिए ।
उद्घोषक यादवले नेपालमा सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्धको विरोधमा समूहले गरेको आन्दोलनले नेपालमा लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र भ्रष्टाचारविरुद्धको संघर्षलाई पुनः सक्रिय बनाएको छ ।
यस्तेै अहिले को यस्तो जल्दो बल्दो परिस्थितिलाई हेर्दा नेपालको राजनीतिक परिप्रेक्ष्यमा नयाँ मोड ल्याउने संकेत गरिएको छ । खासगरी देशमा अहिलेको विषयमा रहेर यस एकेडेमीका प्रतिस्प्रर्धि विधार्थीहरुले आफनो कला प्रस्तुत गरेका थिए । निर्णयक मण्डलमा रहेका व्यक्तित्वहरु सत्य प्रकाश यादव (केन्दिय परिषद सदस्य सभासद् नेपाल पत्रकार महासंघ, जय सर (श्री जनता मा.वि. अर्गवा का शिक्षक, सरोज कुशवाहा संयोजक/श्री लक्ष्मि देवी जनता मा.वि. गम्हरिया शिक्षक रविन्द्र महतो शिक्षक लगायतका शिक्ष्कहरुले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
संस्थापक अमन कुमार दास, महेश साह, अरविन्द चौधरी, गुण राज धमला त्यस्तै अतिथिमा राम अधार सर (श्री ब्लू स्काई आ.वि. खुटौना, राम कैलाश यादव (वडा अध्यक्ष) समिम बाबु खान (मेयर उम्मेदवार), कौडेना गाउँपालिका ल.सुखचैना स्वास्थ चौकीमा कार्यरत डा. बैधनाथ यादव, सत्य प्रवाह पत्रिकाका सम्पादक सदाम हुसैन, विवेक यादव र घनश्याम यादव को उपस्थित रहेको थियो ।
बालबालिकाको क्षमता अभिवृद्धि र अभिव्यक्ति कलालाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा विद्यार्थीहरूलगायत यस खुटौना गाउँको भरभलादमीहरु सहभागिता रहेको थियो ।