सर्लाही, १० असाेज । आन्दोलनबाट क्षति पुगेका सवारी साधन किन्न बैंकहरूले ८० प्रतिशतसम्म कर्जा दिने भएका छन् ।
राष्ट्र बैंकले शुक्रबार परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
यो सुविधा उद्योग वा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रूपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधनमा भएको क्षति प्रतिस्थापन गर्न दिइने कर्जामा मात्र लागु हुने भएको छ ।
सबै प्रयोजनका विद्युतीय सवारी साधन र निजी प्रयोजनका व्यक्तिगत सवारी साधन किन्न ६० प्रतिशतसम्म ऋण पाइने अहिलेको व्यवस्था कायमै छ ।