सर्लाही, ११ असाेज । जेनजी आन्दोलनको क्रममा काठमाडौंमा ज्यान गुमाएका सर्लाहीको लालबन्दी नगरपालिका–५, शान्ति टोल निवासी देवकुमार सुवेदीको परिवारलाई सरकारले १५ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ ।

मन्त्रीपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयले मृतक सुवेदीको परिवारलाई १० लाख रुपैयाँ राहत र ५ लाख रुपैयाँ काजकिरिया खर्च गरी जम्मा १५ लाख रुपैयाँ बैंक खातामार्फत पठाएको हो। जिल्ला प्रशासन कार्यालय सर्लाहीका कम्प्युटर अपरेटर मुकेश यादवले उक्त जानकारी दिएका छन् ।

यादवका अनुसार मृतकको परिवारलाई तत्काल जिल्ला प्रशासन कार्यालयको सम्पर्कमा आउन अनुरोध गरिएको छ । साथै, सुवेदी परिवारलाई घरमै गएर रकम प्राप्त गर्नका लागि मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न पनि भनिएको छ ।

सामान्य आय भएका मध्यम परिवारका देवकुमार सुवेदीको असमयिक मृत्युपछि परिवार आर्थिक र मानसिक रूपमा अप्ठेरोमा परेको छ । सरकारले दिएको यो सहयोगले परिवारलाई केही हदसम्म राहत मिल्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *