सर्लाही, ११ असाेज । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले आगामी सिजनका लागि नयाँ लोगो सार्वजनिक गरेको छ ।
टोलीले सामाजिक सञ्जालमार्फत नयाँ लोगो सार्वजनिक गरेको हो ।
जनकपुरले अक्सनअघि अघिल्लो सिजनका मार्की र कप्तान दुवैसहित ७ खेलाडीलाई रिटेन गरेको थियो ।
अघिल्लो सिजनका मार्की आसिफ शेख, कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंहलाई टोलीले रिटेन गरेको थियो ।
अक्सनबाट जनकपुरले सचिन भट्ट, आदित्य महता, मयन यादव अनुबन्ध गर्दा विश लिस्टबाट बिकाश आग्रीलाई अनुबन्ध गर्यो ।
एनपीएलको दोस्रो सिजन आगामी मंसिर १ गतेदेखि सुरु हुँदै छ ।