सर्लाही, ११ असोज । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को सर्लाही जिल्ला एकताको प्रथम जिल्ला अधिवेशनका क्रममा भएको अवरोध, अभद्र व्यवहार र कुटपिटको घटनालाई पार्टी नेतृत्वले गम्भीरतापूर्वक लिँदै सत्य तथ्य छानविन गरी दोषीमाथि कारबाही गर्ने निर्णय गरेको छ ।
२०८२ साल भाद्र १९ र २० गते अधिवेशन सम्पन्न भएपछि भाद्र २२ गते निर्वाचन कार्यतालिका अनुसार मलंगवास्थित जानकी पार्टी प्यालेसमा निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला दिउँसो करिब २ बजे पार्टीका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य संजय यादवसहितका व्यक्तिहरूले निर्वाचन कार्यलाई अवरोध पुर्याउँदै निर्वाचन अधिकृत, अध्यक्ष मण्डलका संयोजक र अन्य सदस्यहरूमाथि गालीगलौज, बेइज्जत र कुटपिट गरेको आरोप लगाइएको छ। साथै, सो क्रममा नगदसमेत लुटिएको नवनिर्वाचित जिल्ला अध्यक्ष लगायतका नेताहरूले पार्टीको केन्द्रीय कार्यालयमा बुझाएको लिखित प्रतिवेदनमा उल्लेख गरीएकाे छ ।

यस घटनालाई लिएर मिति २०८२ साल असाेज ५ गते उपेन्द्र यादवकाे अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले गम्भीर ध्यानाकर्षण गरेको छ। बैठकले घटनाको सत्य तथ्य छानबिन गर्न तथा संलग्न व्यक्तिहरूमाथि आवश्यक संगठनात्मक कारबाही अघि बढाउन केन्द्रीय संगठन विभागलाई औपचारिक जिम्मेवारी दिने निर्णय गरेको पार्टीले जानकारी दिएको छ।
यस घटनालाई लिएर मिति २०८२ साल असाेज ५ गते उपेन्द्र यादवकाे अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले गम्भीर ध्यानाकर्षण गरेको छ। बैठकले घटनाको सत्य तथ्य छानबिन गर्न तथा संलग्न व्यक्तिहरूमाथि आवश्यक संगठनात्मक कारबाही अघि बढाउन केन्द्रीय संगठन विभागलाई औपचारिक जिम्मेवारी दिने निर्णय गरेको पार्टीले जानकारी दिएको छ।पार्टीका नेताहरूका अनुसार जसपाले आफ्नो संगठनलाई व्यवस्थित, अनुशासित र लोकतान्त्रिक पद्धतिमा अघि बढाउन कुनैपनि प्रकारको अनुशासनहीनता, हिंसा र अव्यवहारलाई सहन नगर्ने पार्टीले विज्ञप्तिमार्फत भनेकाे छ । विज्ञप्तिले अधिवेशन पार्टीको एकता र संगठन मजबुत बनाउन गरिएको ऐतिहासिक कार्यक्रम हो। त्यस्तो अवसरमा अवरोध सिर्जना हुनु दुःखद र निन्दनीय छ। दोषी पत्ता लगाई निष्पक्ष छानबिनमार्फत कारबाही गरिनेछ। यस घटनापछि सर्लाही जिल्लामा पार्टी कार्यकर्ताहरूबीच चर्को छलफल र असन्तुष्टि देखिएको छ भने नेतृत्वले छिटो र कडा कदम चाल्ने आश्वासन दिएको छ।