सर्लाही, १३ असाेज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी प्रदर्शनका क्रममा भएका घटनाहरू नेपालको इतिहासमा अकल्पनिय र दु:खद घटना भएको बताएका छन् ।
सोमबार बडादशैंको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले बडादशैंले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्ति बीचको एकतालाई अझै मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन् ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा कुटपिटमा परेर गम्भीर घाइते भएका देउवा अहिले पनि अस्पतालमै छन् ।
सुरक्षाको कारण देखाउँदै उनी सार्वजनिक भएका छैनन् । शुभकामना सन्देश भने उनले सामाजिक सञ्जालमार्फत प्रेशित गरेका हुन् ।
