सर्लाही, १३ असाेज । काठमाडौंमा जेन–जी आन्दोलनको क्रममा ज्यान गुमाएका सर्लाहीको लालबन्दी नगरपालिका – ५ निवासी देव कुमार सुवेदीका नजिकका हकदारलाई सरकारले राहत रकम उपलब्ध गराएको छ ।
नेपाल सरकारबाट विनियोजन भएको सो राहत अन्तर्गत सुवेदीकी पत्नी पार्वती अधिकारीलाई १५ लाख रुपैयाँ प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले आज (आइतबार) हस्तान्तरण गर्नु भएको हो ।
सरकारले आन्दोलनका क्रममा ज्यान गुमाउनेको परिवारलाई आर्थिक सहयोगस्वरूप राहत उपलब्ध गराउने निर्णय अनुसार रकम वितरण गरिएको जनाइएको छ ।