सर्लाही, १३ असाेज । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोलामा पुनः पहिरो गएको छ । 

गत बिहीबारदेखि निर्बाध सञ्चालनमा रहेको उक्त खण्डमा आज पहिरोले आवागमन पूर्ण ठप्प भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । 

पहिरो झर्ने क्रम जारी रहेकाले रोकिएपछि मात्र डिभिजनबाट तैनाथ अवस्थामा रहेको उपकरणले तत्काल पहिरो हटाउन थालिने कार्यालयले उल्लेख गरेको छ । 

पहिरो अवधिभर रोकिएका सवारीसाधनलाई लेन अनुशासन पालना गरी सावधान रहन अनुरोध समेत गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *